Like us!
Follow us!
Connect us!
Watch us!

तपाईंकाे मोबाइलमा पैसा सकियाे ? टेलिकमले दिंदैछ निःशुल्क सेवा

सराेज खनाल

मंगलबार, ०९ बैशाख २०७७, ०९ : २२ मा प्रकाशित

तपाईंकाे मोबाइलमा पैसा सकियाे ? टेलिकमले दिंदैछ निःशुल्क सेवा

अर्थ,संसार, काठमाडौं- फोन गर्दा गर्दै मोबाइलमा ब्यालेन्स सकियो अथवा लकडाउनमा व्यालेन्स नभएर हैरान हुनुहुन्छ रु यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस् ।

मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र इन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक–पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले सन्देश पठाउने भएको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा शुरु हुनेछ ।

यस्ता ग्राहकको विवरण संकलन गरी बुधबारदेखि सो सेवा लागु गरीने टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले बताएका छन् ।
लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सेवा शुरु गर्न लागेको उनको भनाइ छ ।यस्तै टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी पनि गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको