अर्थ संसार, काठमाडौं – पञ्चकन्या समुहमा कार्यरत कर्मचारीहरूले रूपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको छ ।
कोरोना भाईरसका कारण सरकारले जारी गरेको लकडाउनमा मजदुरलाई दैनिक जीवन यापनमा समस्या परेको भन्दै मजदुरहरूलाई राहत प्रदान गरेको हो ।
उद्योगमा कार्यरत ६० जना मजदुर र उद्योग रहेको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का ६० जना विपन्न परिवारलाई राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिएका छन् ।
टोल विकास सस्था र वडा कार्यालयको सिफारिषमा वडाका विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरूले प्रति व्यक्ति १० केजि चामल, ५ केजि आटा, ५ केजी आलु, २ केजि चीउरा, २ केजि दाल, १/१ प्याज, नुन, तेल, सावुन लगाएतका सामाग्री प्रदान गरिएको हो ।
पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरूङ, वडा सदस्यहरू, टोल विकास सस्थाका प्रतिनिधिहरू लगायतको सहभागितामा राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा सामाजिक दुरी कायम गरी गरिएको थियो । लकडाउनमा परेर खान नपाएका विपन्न परिवारलाई अन्य दिनहरूमा पनि राहत प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कर्मचारीहरूले केहि दिन अगाडि उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमीकबाट केहि दिनको रकम कट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् । विश्वमै माहामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्धेश्यले ५ लाख रूपैयाँ सहयोग गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस