दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।
प्रहरीका अनुसार बसमा कतिजना सवार थिए भन्ने अझै खुलेको छैन । दुर्घटनामा एक जनाको शव फेला परेको छ । भिरमा अड्किएको अवस्थामा एउटा शव भेटिएको र उक्त शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ । दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस