Like us!
Follow us!
Connect us!
Watch us!

१० दिन लकडाउन थप्ने सरकारको निर्णय

सराेज खनाल

आइतबार, १४ बैशाख २०७७, १९ : २० मा प्रकाशित

१० दिन लकडाउन थप्ने सरकारको निर्णय

अर्थसंसार, काठमाडौं -  सरकारले लकडाउनकाे अवधि अझैं १० दिन लम्ब्याएकाे छ । आइतबार साझँ बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन २५ गतेसम्म् लम्ब्याउने निर्णय गरेकाे हाे ।

लकडाउनबारे निर्णय गर्न आइतबार २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा ५ बजेका लागि सारिएकाे थियाे।

यसअघि  लडाउन १५ वैशाखसम्मका लागि थप गरिएकाे थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको