Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले लमडाउनमै भित्र्याए बुहारी, विवाहलाई छुट्याइएकाे रकम कोरोना राहत कोषमा

सराेज खनाल

सोमबार, १५ बैशाख २०७७, १५ : ०४ मा प्रकाशित

कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले लमडाउनमै भित्र्याए बुहारी,  विवाहलाई छुट्याइएकाे रकम  कोरोना राहत कोषमा

अर्थसंसार, काठमाडाैं - नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले लकडाउनमै आफ्ना छाेराकाे विवाह गरेका छन् । करिव ३ महिना अघी वैशाख १४ का लागि तय भएको विवाह साेहि दिनमै  गरियाे।

उनले छाेराकाे विवाह गरी बुहारी भित्र्याएकाे छिमेकीले पनि थाहा पाएनन।कोरोना कहरकै बीचमा छोरा श्याम सिटौलाको विवाह गर्नुपर्ने वाध्यता आइपरेपछि उनले स्थानिय एक पसलबाट बुहारीको लागि एक जोर लुगाको सेट किनेर ल्याउन लगाएका थिए।

लकडाउनकै बीचमा बन्द रहेको पसल खुलाएर विवाहको विधीका लागि सामान किनेको उनका छोरा श्यामले बताए। झापाकी मनिषा विमलीसँग विवाह बन्धनमा वाधिएका श्यामले लकडाउनको विवाह अनुभव सुनाए।

सयौंको विवाहमा सहभागी भएका उनी कतिको विवाहमा जन्ती समेत गएका थिए। तर, लकडाउनमा विवाह गरेकाले उनले कसैलाई जन्ती बोलाएनन र भोज भतेर पनि गरेनन् । सामाजिक दुरीलाई ध्यान दिएर विवाह गरेको उनी बताउँछन् । 

बाबा, काका र काकाकी छोरी, चालक र बाबाको अंगरक्षक गरि जम्मा ५ जना जन्ती गएर विवाह गरेर आएको सुनाउँदै उनले भने, ‘गएका सबैले सेनिटाइजरको प्रयोग गरेका थिए, मास्क समेत लगाएका थिए।‘ शसुरालीतर्फ भने १५ जना विवाहमा सहभागी भएको सिटौलाले बताए।

विवाह भोजका लागि छुट्याएको खर्च स्थानिय सरकारको कोरोना राहत कोषमा दिने निर्णय समेत उनीहरूले गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको