Like us!
Follow us!
Connect us!
Watch us!

बाबुरामले प्रधानमन्त्रीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माग्यो माफी (अडियाे सहित)

सराेज खनाल

सोमबार, १५ बैशाख २०७७, १९ : २६ मा प्रकाशित

बाबुरामले प्रधानमन्त्रीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माग्यो माफी (अडियाे सहित)

अर्थसंसार, काठमाडौं-  नवराज लम्सालद्वारा सञ्चालित कार्यक्राम अन्तरसम्वादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अशिष्ट’ भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ ।

सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडियो प्रसार विकास समितिले विज्ञप्ती नै जारी गरेर माफी मागेको हो ।

सुन्नुहाेस् उक्त अडियाे : 

 ‘…पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अतिथिका रुपमा निम्त्याइएकोमा उहाँले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ । आगामी दिनमा अतिथि चयन गर्दा गम्भिर रुपमा सचेत हुने समेत विज्ञप्तीमा भनिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको