Like us!
Follow us!
Connect us!
Watch us!

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चले दियाे सरकारलाई आदेश

सराेज खनाल

मंगलबार, १६ बैशाख २०७७, १८ : ५७ मा प्रकाशित

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चले दियाे सरकारलाई आदेश

अर्थसंसार, काठमाडाैं- ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका दुइ न्यायाधीश पुरूपोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शाहीलाई रिहा गर्न सरकारलाई आदेश दिएको हो।

गत वैशाख ९ गते ललितपुरबाट पक्राउ परेका उनलाई मङ्गलबार प्रहरीले अदालतको आदेशअनुसार अदालतमा उपस्थित गराएको थियो। 

राहत वितरणको क्रममा पक्राउ परेका उनलाई  प्रहरीले भने लकडाउनको उल्लङ्घन गरेको भन्दै प्रकाउ गरेकाे   थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको