Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा देखियाे थप दुईमा कोरोनाकाे सङ्क्रमण, सङ्क्रमितकाे संख्या ५४ पुग्याे

सराेज खनाल

मंगलबार, १६ बैशाख २०७७, १९ : १६ मा प्रकाशित

नेपालमा देखियाे थप दुईमा कोरोनाकाे सङ्क्रमण,  सङ्क्रमितकाे संख्या  ५४ पुग्याे

अर्थसंसार, काठमाडाैं- थप दुई जनामा काेराेना (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्थित राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा काेराेनाको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा: विकास देवकोटाले जानकारी दिए ।

याे संगै नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने १६ जना पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएका छन् ।  ३९ जना सङ्क्रमित भने अस्पतालको आइसोलेशनमै रहेका छन् ।

नयाँ दुई सङ्क्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी गरी सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको देवकोटाले बताए ।नेपालमा अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण भएका छन् । जसमा आरडिटीबाट ४४ हजा १९ वटा  र पिसिआर विधिबाट १० हजार ८ सय ७ नमुना परीक्षण भएको मन्त्रालयका उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको