अर्थसंसार, धादिङ- बुधबार साँझ धादिङमा एम्बुलेन्स दुर्घटना भएको छ । धादिङबेसीबाट साङ्कोङतर्फ जाँदै गरेको जिल्ला अस्पतालको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स बुधबार साँझ दुर्घटना भएको हो ।
सदरमुकामबाट जाँदै गरेको एम्बुलेन्स नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भएको र दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
चालक मात्र रहेकाे उक्त एम्बुलेन्समा दुर्घटनामा परेको र उनी पनि सुरक्षित रहेको एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस