Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई गाली गरेकाे अभियाेगमा रेडियाे नेपालका पत्रकार पक्राउ

सराेज खनाल

विहीबार, १८ बैशाख २०७७, ११ : ४३ मा प्रकाशित

प्रचण्डलाई गाली गरेकाे अभियाेगमा  रेडियाे नेपालका पत्रकार पक्राउ

काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको आरोपमा एक जना पत्रकार पक्राउपरेका छन् ।

प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि रेडियाे नेपालका पत्रकार दीपक पाठक बिहिबार पक्राउ परेका हुन् ।

 प्रहरीले उनलालाई बिहीबार विहान घरबाटै पक्राउ गरेको हो । रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ ।

यसअघि पनि अध्यक्ष प्रचण्डलाई गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई चितवनबाट पक्राउ गरेको थियाे । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेका थिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको