Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा थप दुई साता लकडाउन, नेपालमा कति थपिएला ?

सराेज खनाल

शुक्रबार, १९ बैशाख २०७७, १९ : २१ मा प्रकाशित

भारतमा थप दुई साता लकडाउन, नेपालमा कति थपिएला ?

अर्थसंसार, काठमाडाै-  भारतले थप दुई हप्ता लकडाउन बढाएकाे छ। भारतकाे गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै लकडाउन दुई साताकाे लागी थप गरिएकाे जानकारी दिएकाे हाे।

यस अघि मे ४ सम्म लकडाउन घाेषणा गरेकाे भारत सरकारले पुन: १४ दिन लकडाउन लम्ब्याएकाे हाे। 

मे ४ मा दोस्रो चरणको लकडाउन सकिने छ भने फेरी मे १७ सम्म लकडाउनकाे अवधि बढाउने निर्णय गरिएकाे हाे ।

गृह मन्त्रालयका अनुसार तेस्रो चरणको लकडाउन भने पहिले जस्तै कडा नहुने बताइएको छ। कोरोना भाइरसको संक्रमण देखिएको क्षेत्रहरुलाई विभिन्न समूहमा विभाजन गरेर लकडाउनलाई प्रभावकारी बनाइने छ।

नयाँ लकडाउनमा रेड,ग्रीन र ओरेज गरी तीन समूह बनाएर क्षेत्रलाई छुटाइएको छ। ग्रीन र ओरेन्ज क्षेत्रमा लकडाउनमा केही खुकुलो पारिए पनि रेड जोनमा पर्ने क्षेत्रहरुमा भने कुनै छुट दिइने छैन।

यस अघि नेपाल सरकारले पनि  नेपालकाे लकडाउन भारतमा निर्भर रहने बताएकाे थियाे।  यसकारण नेपालमा पनि लकडाउन बढ्ने सम्भावना रहेकाे पाइन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको