Like us!
Follow us!
Connect us!
Watch us!

थरि-थरि अड्कलबाजीकाबीच सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

सराेज खनाल

शनिबार, २० बैशाख २०७७, ०८ : ५९ मा प्रकाशित

थरि-थरि अड्कलबाजीकाबीच सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन

अर्थसंसार, काठमाडाैं-  उत्तर कोरियाली नेता किम जोङ्ग उन सार्वजनिक भएका छन्। उत्तर कोरियाका नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका हुन ।

किमकाे स्वास्थ्यसँग जाेडेर थरि- थरिका  अड्कलबाजी भइरहेकाे बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली  समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको थियाे ।

समाचार एजेन्सी सीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।

यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका उन लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।

अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेकाता पनि दक्षिण कोरियाली नेताहरुले भने किम जोङ्ग उन गम्भीर रुपमा बिरामी नभएको बताउँदै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको