Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो रहनेछ आगामी तिन दिनको मौसम, हावाहुरी र असिनासहित पानी

सराेज खनाल

शनिबार, २० बैशाख २०७७, ०९ : ४० मा प्रकाशित

यस्तो रहनेछ आगामी तिन दिनको मौसम, हावाहुरी र असिनासहित पानी

अर्थसंसार, काठमाडौं। आज देशका विभिन्न भागमा हावाहुरी,चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको छ । शनिबार पश्चिमका नेपालका पाहाडी क्षेत्रमासमेत मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाइएको छ ।

हाल देशमा स्थानीय वायु तथा पूर्वी  भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

हालको मौसमको अवस्था

हाल देशको मध्य र पूर्वी भू-भागमा पूर्ण बदली रहि पश्चिमी भू-भागमा आंशिक वदली रहेको छ।देशका पूर्वी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।

यस्ताे आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २० गते (शनिबार)

दिउँसोः  देशको मध्य र पूर्वी भू-भागका साथै पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केहि  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा सामान्य बदली तथा पूर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पूर्वी पहाडी भूभागका केहि  स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २१ गते (आइतबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र  पूर्वी भू-भागका एक वा दुई  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २२ गते (सोमबार)

दिउँसोः  देशको पश्चिमी तथा मध्य भू-भागमा पूर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी तथा मध्य भूभागका धेरै  स्थानहरुमा र पूर्वी भू-भागमा केहि स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशका पश्चिमी र मध्य भू-भागका साथै पूर्वी पहाडी भू-भागमा सामान्य  बदली रही वाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पश्चिमी र मध्य भूभागका थोरै  स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना सहित वर्षाको सम्भावना रहेको छ।

देशका केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग /असिना सहित वर्षाको र पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको