Like us!
Follow us!
Connect us!
Watch us!

बझाङकाे चौधारीतर्फ जाँदै गरेकाे जीप दुर्घटना

सराेज खनाल

शनिबार, २० बैशाख २०७७, १९ : २९ मा प्रकाशित

बझाङकाे  चौधारीतर्फ जाँदै गरेकाे जीप दुर्घटना

अर्थसंसार, बझाङ। बझाङमा खाद्यान्न बाेकेकाे जीप  दुर्घटनामा परेको छ । दुर्गाथली गाउँपालिकाबाट खाद्यान्न लिएर शाखा सडक चौधारीतर्फ गइरहेको से १ ज ७५८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटना परेकाे जीप ४ क्विन्टल गहुँ र तरकारी बोकेर चौधारीतर्फ गइरहेको थियाे।  सडकबाट २५ करिब मिटर तल खसेता पनि कुनै मानविय क्षति नभएको स्थानीय बताए ।

अहिले दुर्गाथली गाउँपालिकाकाे मोरीबगर चौधारी शाखा सडक स्तरउन्नतीकाे काम भइरहेकाे र वर्षाका कारण चिप्लो भएकाले  जीप दुर्घटना भएको हुनसक्ने स्थानियले जानकारी दिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको