Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा देखियाे थप एकमा कोरोनाकाे संक्रमण

सराेज खनाल

आइतबार, २१ बैशाख २०७७, १६ : ०३ मा प्रकाशित

नेपालमा देखियाे थप एकमा कोरोनाकाे संक्रमण

अर्थसंसार, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ। वीरगञ्जका एक जनामा काेराेना संक्रमणकाे पुष्टी भएपछि नेपालमा काेराेना संक्रमितकाे संख्या ६० पुगेकाे हाे।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।

उनी स्वयंलाई काेराेनाकाे शंका लागेपछि परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । उनकाे स्वाब शुक्रबार संकलन गरिएको थियो । 

काेराेना संक्रमणकाे पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको