Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका ग्राहकलाई दराजबाट घरघरमै सामान

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १७ : ०० मा प्रकाशित

मेगा बैंकका ग्राहकलाई दराजबाट घरघरमै सामान

अर्थ संसार, काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । 

लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरूलाई सहज र सुरक्षित रूपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो । 

दराज डटकमको वेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रूपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न बैंकले ग्राहकहरूलाई अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको