Like us!
Follow us!
Connect us!
Watch us!

२९४.११ प्रतिशतले बढ्याे सारथी लघुवित्तकाे नाफा

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १६ : ०७ मा प्रकाशित

२९४.११ प्रतिशतले बढ्याे सारथी लघुवित्तकाे नाफा

अर्थ संसार काठमाडाैं - सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  २९४.११ प्रतिशत अर्थात १ करोड ५३ लाख ३२ हजार रुपैयाँ धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले मात्र ५२ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी १ करोड ७९ लाख ८५ हजार रूपैयाँबाट बढेर ५ करोड १३ लाख ९१ हजार रुपैयाँमा आइपुगेकाे छ । संस्थाकाे सञ्चालन मुनाफा पनि २१२.११ प्रतिशतले बढेर १ करोड १२ लाख १७ हजार रुपैयाँ पुगेकाे छ । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी १३ करोड १६ लाख ६० हजार रुपैयाँ र जगेडा कोषमा ४ करोड ७६ लाख रुपैयाँ रहेकाे छ । 

संस्थाले नयाँ नेपाल लघुवित्तसँग मर्जर सम्झौता गरे लगत्तै गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

 

5eafef46c5324.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको