Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

बुधबार, २४ बैशाख २०७७, १० : १४ मा प्रकाशित

बुधबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा  र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ २६ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२० रुपैयाँ ८४ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०३ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको