Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे बैंक अफ काठमाण्डूकाे नाफा, कस्ता छन् अरू सूचक ?

निशा हुमाँगाई

बुधबार, २४ बैशाख २०७७, १० : ३७ मा प्रकाशित

घट्याे बैंक अफ काठमाण्डूकाे नाफा, कस्ता छन् अरू सूचक ?

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षकाे तुलनामा बैंककाे खुद नाफा घटेकाे छ । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २७ दशमलव ४९ प्रतिशत अर्थात ३३ करोड ११ लाख ८९ हजार रूपैयाँले थाेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब २० करोड ४६ लाख ८२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ५ दशमलव २४ प्रतिशत अर्थात १४ करोड ३४ लाख रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यसैगरी, तेस्रो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा २७.७८ प्रतिशत अर्थात ४७ करोड ५२ लाख रुपैयाँले घटेर १ अर्ब २३ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँ ६३ पैसामा सीमित भएको छ । बैंककाे प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेकाे छ । बैंककाे चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख रुपैयाँ रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb24550e1f95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको