Like us!
Follow us!
Connect us!
Watch us!

झन्डै ५० प्रतिशतले घट्यो युनाइटेड इन्सुरेन्सको नाफा

सराेज खनाल

विहीबार, २५ बैशाख २०७७, ०९ : २० मा प्रकाशित

झन्डै ५० प्रतिशतले घट्यो युनाइटेड इन्सुरेन्सको नाफा

अर्थसंसार, काठमाडौं- युनाइटेड इन्सुरेन्स खुद नाफा झन्डै ५० प्रतिशतले घटेकाे छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिकाे खुद नाफा ४३.५७% ले घटेकाे हाे।

गत वर्ष यस कम्पनीले ७ करोड ५५ लाख १३ हजार रुपैयाँ नाफा कमाएकाेमा यस वर्ष ४ करोड २६ लाख ६ हजार रुपैयाँमा सीमित रहेकाे छ।

यस्तै कम्पनीले खुद बिमा शुल्क र पुनर्बिमा कमिसन भने बढाएको छ  भने खुद बिमा शुल्क आर्जन २३ करोड ८२ लाख ५० हजार रुपैयाँबाट बढाएर २४ करोड ७१ लख ९७ हजार रुपैयाँ पुर्याएको छ । पुनर्बिमा कमिसन पनि २३ करोड ८२ लाख ५० हजार रुपैयाँबाट बढेर २४ करोड ७१ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यस त्रैमास सम्ममा कम्पनीले कुल १० करोड ३४ लाख ७३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल ४२ करोड ५९ लाख ५४ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा रहेको छ । युनाइटेडले बिमा कोषको आकार भने न्यून (१.९३%) ले बढेर ३४ करोड ७४ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको