Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता

निशा हुमाँगाई

विहीबार, २५ बैशाख २०७७, ०९ : १७ मा प्रकाशित

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता

अर्थ संसार, काठमाडौं - एभरेष्ट बैंक र  एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।

 यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ भने  बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरू थप गरिएको छ । ग्राहकहरूले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरूमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अन्लाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरूमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसै गरी ग्राहकहरूको सहजता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ । 

यसैगरी, हाल एभरेष्ट बैंकको ग्राहकहरूको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन् ।  एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै CAMEL रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रूपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरू, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरू र १०३ स्थानमा ATM रहेका छन् । आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको