Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट बैंक तथा वित्तिय संस्थाका सबै शाखा सञ्चालन हुने

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ०५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - आज (शुक्रबार) बाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका सम्पूर्ण शाखा सञ्चालन हुने भएका छन् । 

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैंक तथा वित्तीय संस्थाहरु बिमा, धितोपत्र, सरकारी संस्थाहरू अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

साेही निर्णयलाई पालना गर्दै आजबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सम्पूर्ण शाखा खाेल्ने भएका  हुन् । तर, बैंकहरुकाे कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।

यसैगरी, सरकारले गरेको निर्णय अनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको