Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंककाे नाफा बढ्दा के भयाे अरू सूचक ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ४१ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंककाे नाफा बढ्दा के भयाे अरू सूचक ?

अर्थ संसार, काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १३.८५ प्रतिशत अर्थात १९ लाख ७८ हजार रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ६ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २४.८७ प्रतिशत अर्थात १ करोड २६ लाख रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले ५ करोड ६ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यसैगरी, तेस्रो त्रैमाससम्ममा बैंककाे सञ्चालन नाफा १३.८५ प्रतिशत अर्थात २८ लाख २६ हजार रुपैयाँले बढेर २ करोड ३२ लाख रूपैयाँ पुगेकाे छ । 

त्यस्तै, बैंककाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ४८ पैसा रहेकाे छ । बैंककाे चुक्ता पूँजी ५० करोड रुपैयाँ छ भने जगेडा कोषमा २ करोड ७२ लाख रुपैयाँ रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb4d8e127944.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको