Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितकाे संख्या १०९ पुग्याे

निशा हुमाँगाई

शनिबार, २७ बैशाख २०७७, ०९ : ०५ मा प्रकाशित

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितकाे संख्या १०९ पुग्याे

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोराना संक्रमितको संख्या १०९ जना पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलवस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको