Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्धारा कर्मचारीहरूको कोरोना बीमा

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १७ : ४४ मा प्रकाशित

कामना सेवाद्धारा कर्मचारीहरूको कोरोना बीमा

अर्थ संसार, काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरूको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बीमा गराएको छ ।

विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटीरहेका कर्मचारीहरूको उच्च मूल्याकंन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताएका छन् ।  

त्यस्तै, यस अगाडि बैंकले आम नागरिकहरूको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याई सकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको