Like us!
Follow us!
Connect us!
Watch us!

वीरगन्जमा शौचालयको भेन्टिलेसन फोडेर भागे २ जना कोरोना संक्रमित

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १६ : ५४ मा प्रकाशित

वीरगन्जमा शौचालयको भेन्टिलेसन फोडेर भागे २ जना कोरोना संक्रमित

अर्थ संसार काठमाडाैं - वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका छन् । दुई संक्रमितमध्ये वीरगञ्ज महानगरपालिकाकै वडा नम्बर १६ र १३ का एकजना १७ र अर्का ३० वर्षका छन् ।

उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन फोडेर भागेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । उनीहरु मंगलबार मात्र भर्ना भएका थिए ।

संक्रमित भागेपछि खोजी कार्य भइरहेको वीरगन्ज महानगरपालिकाले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको