Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : ८१ हजार ६५९ नमूना परीक्षण, मन्त्रालयले गर्याे यस्ताे आग्रह

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १७ : १४ मा प्रकाशित

कोरोना अपडेट : ८१ हजार ६५९ नमूना परीक्षण, मन्त्रालयले गर्याे यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा २ हजार ३ सय ५७ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म कोरोनाको आशंकामा ८१ हजार ६ सय ५९ जनाको कोरोना परीक्षण भएको जानकारी दिएका छन् ।

जसमध्ये,  २१ हजार ३ सय ४० जनाको पिसिआर विधिबाट र ६० हजार ३ सय १९ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

यस्तै, उनले हालसम्म १४ हजार ३ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, कोरोनाको आशंका र संक्रमित गरी २ सय ४५ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये ६ जना काठमाडौं उपत्यकामा रहेका छन् ।

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका २१९ जना संक्रमितमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । ३५ जना उपचारपश्चात् निको भई घर फर्केका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।  

हालसम्म नेपालमा ३ सय ५४ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

 त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनदेखि संक्रमितको संख्या बढिरहेको भन्दै उच्च सतर्कता अपनाउन र सबैलाई संक्रमणको जोखिमबाट बच्न लकडाउनको पूर्ण पालना र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको