Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोनाबाट २५४९ जनाको मृत्यु, कति छन् संक्रमित ?

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १२ : ०३ मा प्रकाशित

भारतमा कोरोनाबाट २५४९ जनाको मृत्यु, कति छन् संक्रमित ?

अर्थ संसार, काठमाडौं – भारतमा कोरोना भाइरस बाट संक्रमितको हुनेकाे संख्या ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा मात्र भारतमा ३ हजार ७२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

यसैगरी, भारतमा हालसम्म २ हजार ५४९ जनाकाे मृत्यु भएकाे छ । जसमध्ये, बुधबार मात्र एक दिनमा १३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा काेराेना संक्रमणबाट निको भएका बिरामीको संख्या २६ हजार २३५ जना रहेको पनि छ । बिहीबार बिहानसम्मको तथ्याङ्क अनुसार हाल यो रोगका ४९ हजार २१९ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र २५ हजार ९२२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार नाघेको छ ।

त्यसैगरी, कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ ।  – (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको