Like us!
Follow us!
Connect us!
Watch us!

ह्वात्तै घट्याे पेट्रोलियम पदार्थको खपत

निशा हुमाँगाई

शनिबार, ०३ जेठ २०७७, १६ : ५० मा प्रकाशित

ह्वात्तै घट्याे पेट्रोलियम पदार्थको खपत

अर्थ संसार, काठमाडौं - नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ ।

पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ५६ पैसा बढेर आएको भए पनि कोभिड–१९ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजलमा प्रतिलितर २८ पैसा घटेर आएको छ । आइओसीले हरेक १५/१५ दिनमा पठाउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै सरकारले झण्डै ५५ दिनदेखि लकडाउन गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको