अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
आज बिहान पनि बर्दिया नार्खुकी २८ वर्षीया महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्साको बिरगंज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षीया किशोरी, चितवन गढौली १ की २५ वर्षीया महिला र कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस