अर्थ संसार, काठमाडौं – धनुषामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सँगै धनुषा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका–९ को घोडघासका बासिन्दा रहेको प्रदेश नं २ को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराएका छन् ।
ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको उनले बताए । ती दुवै व्यक्ति लकडाउनको अवधिमा चितवनबाट साइकल चढेर जनकपुर आएको जानकारी जनाइएको छ । उनीहरुलाई नगराइनको स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी विज्ञप्तिका अनुसार रौतहटका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अब सो जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको जनाइएको छ । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस