Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री पुनद्वारा कोरोना कोषमा आर्थिक सहयोग हस्तान्तरण

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १७ : ५० मा प्रकाशित

अर्थ संसार, काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निजी क्षेत्रमार्फत प्राप्त रु एक करोड करोड ११ लाख, ११ हजार १११ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालय अन्तर्गतको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।  त्यस क्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकामा पठाउने कार्य शुरु गर्न सुझाव दिएका छन् ।

सचिव बिडारीले हालसम्म कोषमा रु दुई अर्ब २६ करोड जम्मा भइसकेको जानकारी दिएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको