अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ जना पुगेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेका २५ वर्षीय युवाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिएका हुन् ।
गएराति स्वास्थ्यमा समस्या देखिए पश्चात आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको डा. देवकोटाले बताएका छन् । उनी गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस