Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना अपडेट : मुलुकभर १८ हजार ३५७ जना क्वारेन्टाइनमा

निशा हुमाँगाई

आइतबार, ०४ जेठ २०७७, १७ : ०२ मा प्रकाशित

कोरोना अपडेट : मुलुकभर १८ हजार ३५७ जना क्वारेन्टाइनमा

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोरोनाको आशंकामा ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको जानकारी दिएका छन् ।

जसमध्ये, २८ हजार १ सय ६० जनाको पिसिआर विधिबाट र ६७ हजार ७ सय ६९ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

यस्तै, उनले मुलुकभर हाल १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना आईसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका २ सय ९२ संक्रमितमध्ये हालसम्म ३६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् भने बाँकी संक्रमितको विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । संक्रमितहरू २३७ जना पुरुष र ५५ जना महिला छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । 

त्यस्तै, काठमाडौंको गोगंबु, माछापोखरी लगायतका स्थानबाट ४ सय जनाको नमूना संकलनका लागि टोली परिचालन गरिएको मन्त्रालयले जनाएकाे छ । नेपालमा सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन् । दोस्रो स्थानमा प्रदेश ५ रहेकाे छ । दुवै जिल्लामा भारतसँग जोडिएका क्षेत्रहरु बढी छन् । मन्त्रालयले महामारीको सबैभन्दा खतरा यी क्षेत्रहरूमा रहेकाे बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको