Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुस् यस्ताे छ नेपालको पछिल्लाे कोरोना अवस्था

निशा हुमाँगाई

सोमबार, ०५ जेठ २०७७, १७ : ३८ मा प्रकाशित

हेर्नुस् यस्ताे छ नेपालको पछिल्लाे कोरोना अवस्था

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५८ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३० हजार ७ सय २३ जनाको पिसिआर विधिबाट र ६९ हजार ५ सय ६० जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

प्रदेश १ मा ९ हजार २ सय १७ जनाकाे, प्रदेश २ मा ६ हजार २२ जनाकाे, बागमती प्रदेशमा ११ हजार ९ सय २३ जनाकाे, गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाकाे, प्रदेश ५ मा ९ हजार १ सय ३२ जनाकाे, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जनाकाे र सुदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै, उनले मुलुकभर हाल २० हजार ९० जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, उपत्यकामा २६ जना र बाहिर गरी कुल ४ सय १२ जना आईसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार आज एकैदिन नेपालमा ६२ जना काेराेना संक्रमित थपिएका छन् । सोमबार बिहान ९ जना र दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भए पश्चात कुल संक्रमित संख्या ३ सय ५७ पुगेको छ । जसमध्ये २९८ जना पुरुष र ५९ जना महिला रहेका छन् । हालसम्म २ जनाको मृत्यु भएको छ र ३६ जना उपचार पश्चात निकाे भएर घर फर्किएका छन् । 

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा ४ सय ०५ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यसैगरी, हालसम्म नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मिमा आज पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको