अर्थ संसार, काठमाडौं – कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित क्वारेन्टाइनबाट भागेका ४६ जनालाई फिर्ता ल्याइएकाे छ । आज (साेमबार) बिहान खोजेर प्रहरीले उनीहरूलाई फिर्ता ल्याएकाे हाे ।
शुक्रबार र शनिबार गरेर यशोधरा गाउँपालिका वडा नम्बर ८ स्थित दुईवटा क्वारेन्टाइनबाट ४६ जना व्यक्तिहरु भागेका थिए । भारतका विभिन्न स्थानबाट लुकिछिपी आएका उनीहरुलाई स्थानीयको सहयोगमा गाउँपालिकाले क्वारेन्टाइनमा राखिएको यशोधराका प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिएका छन् ।
त्यसैगरी, यसअघि स्थानीय युवाहरूले सुरक्षा दिने गरेकामा यस घटना पश्चात चाैबिसै घण्टा प्रहरीले सुरक्षा दिनेगरी व्यवस्था गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस