अर्थ संसार, काठमाडौं – गुल्मीमा आज पहिलाे पटक काेराेना संक्रमण पुष्टि भएकाे छ । गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
स्वास्थ्य अवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका मदाने– २ का ४१ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
ज्वरो र रुघाखोकीका कारण उपचारका लागि अस्पतालमा भर्ना भएका उनको कोरोना आशंकामा प्रदेश प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिएका छन् ।
त्यसैगरी, उक्त पुरूषको अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साले जानकारी दिएका छन् । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस