अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ४०२ जना पुगेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा गरी २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।
झापामा ९ जना, मोरङमा र सुनसरीमा एक-एक जना, सर्लाहीमा २ जना, भक्तपुरमा १ जना, काठमाडौंमा ३ जना, मकवानपुरमा १ जना, रामेछापमा १ जना, ललितपुरमा १ जना, सिन्धुलीमा १ जना, लमजुङमा १ जना, कविलवस्तुमा ४ जना र नवलपरासीमा १ जना रहेकाे डा. देवकोटाले जनाएका छन् । जसमध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् ।
त्यसैगरी, ललितपुर, रामेछाप र लमजुङमा आज पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालकाे ३६ जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस