Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणको वेभसाइटमा पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क

शुक्रबार, ११ चैत्र २०७३, १२ : ३६ मा प्रकाशित

प्राधिकरणको वेभसाइटमा पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क

पूर्णप्रसाद मिश्र
काठमाडौँ–  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपी (www.nra.gov.np) मा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ छ ।

यो सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै छ ।

प्राधिकरणका प्रवक्ता यामलाल भुसाल नै त्यति घर नबनेको बताउनुहुन्छ ।  “वेभसाइटमा गलत तथ्याङ्क छ, त्यति घर बनेका छैनन्, अब त्यसलाई हटाइन्छ”–उहाँले भन्नुभयो । 

सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार चार सय ८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताउनुभयो ।

“आजसम्म निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारिस गरिएकाको सङ्ख्या पाँच हजार ७३०, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”–उहाँले भन्नुभयो । 

मन्त्रालयअन्तर्गत जिल्ला जिल्लामा खटिएका इन्जिनियरले एकाइमा पठाएको तथ्याङ्कअनुसार हालसम्म १६ हजार ५१५ पीडितले अनुदान पाउनु अगावै घर निर्माण सम्पन्न गरेका छन् । मन्त्रालयको यो तथ्याङ्कसँग प्राधिकरणको वेभसाइटमा राखिएको तथ्याङ्क मिल्दैन । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका करिब नौ लाख घर पुनःनिर्माण गर्न सहयोग गर्ने उद्देश्यले गठन गरिएको प्राधिकरणले तथ्याङ्कमै बनाएको देखाएर पीडितको घर नबन्ने खतरा बढेको प्रभावित जिल्लाका स्थानीयवासीको गुनासो छ ।

धिकरणका कार्यकारी सदस्य डा हरिराम पराजुलीले सहरी विकास मन्त्रालयबाट आउने तथ्याङ्क नै सही भएको बताउनुहुन्छ । “आधिकारिक तथ्याङ्क सहरी विकास मन्त्रालयबाट आउने हो, त्यस बाहेकको तथ्याङ्क गलत हो”–उहाँले भन्नुभयो । 

प्राधिकरणजस्तो संस्थाले प्रचारकै लागि बढी घर बनेको देखाउन गलत तथ्याङ्क वेभसाइटमा राखेको छ । यो तथ्याङ्क कुन स्रोतबाट आएर राखेको त्यसको जवाफ प्रवक्ता र कार्यकारी सदस्यले दिन सक्नुभएन ।  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको