Like us!
Follow us!
Connect us!
Watch us!

ग्रान्डी अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

निशा हुमाँगाई

शनिबार, १० जेठ २०७७, ११ : ५७ मा प्रकाशित

ग्रान्डी अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं – राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएकाे छ । कोरोना भाइरस संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचाररत रहेको खुलेको हाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार थपिएका संक्रमित काठमाडौंका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत भएको पुष्टि गरेका छन् । तर, अन्य विवरण भने आइनसकेको उनले बताएका छन् ।

यसैगरी, शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मकवानपुर स्थायी घर भएका एकजनाको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, यसअघि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको