Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोना संक्रमितले दैनिक नयाँ रेकर्ड राख्दै

निशा हुमाँगाई

शनिबार, १० जेठ २०७७, १२ : २५ मा प्रकाशित

भारतमा कोरोना संक्रमितले दैनिक नयाँ रेकर्ड राख्दै

अर्थ संसार, काठमाडौं - भारतमा कोरोना संक्रमितले दैनिक नयाँ रेकर्ड राख्दै गएका छन् । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्क अनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२० जना पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ७८४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४४ हजार ५८२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १४ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १३ हजार २६८ संक्रमति रहेका छन् । दिल्लीमा १२ हजार ३१९ जना कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै, भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । – (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको