अर्थ संसार, काठमाडौं - बर्दियाको बढैयाताल गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिएका छन् ।
संक्रमितलाई उपचारका लागि कहाँँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
त्यस्तै, यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका –११ घर भई काठमाडौँमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस