Like us!
Follow us!
Connect us!
Watch us!

झ्याल फोडेर फरार भए कोरोना संक्रमित

निशा हुमाँगाई

आइतबार, ११ जेठ २०७७, ११ : ५४ मा प्रकाशित

झ्याल फोडेर फरार भए कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका एक जना कोरोना भाइरसका संक्रमित फरार भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएका सर्लाहीका ४० वर्षीय पुरुष आइसोलेसनबाट झ्याल तोडेर फरार भएका धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार ती संक्रमितले यसअघि पनि पटक–पटक भाग्ने प्रयास गरेका थिए ।

त्यस्तै, हाल प्रहरीले उनकाे खाेजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । अहिले विशेष कोभिड अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका ४० भन्दा धेरै काेराेना संक्रमितहरूकाे चिकित्सककाे निगरानीमा उपचार भइरहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको