Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बीमा

निशा हुमाँगाई

आइतबार, ११ जेठ २०७७, १९ : २७ मा प्रकाशित

महालक्ष्मी लाईफमा कार्यरत सम्पुर्ण कर्मचारीको कोरोना बीमा

अर्थ संसार, काठमाडौं - कोरोना भाइरस (Covid-19) को विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ । देशभरीको ४० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको वर्तमान अवस्थामा कोरोनाबाट मृत्यू भए पश्चात यो महामारीले हामी सबै आक्रान्त हुदैछौँ ।

सरकारले तोकेको अत्यावश्यक सेवामा बीमा सेवा पनि पर्ने र कोरोनाको संभावित जोखिमबाट पिडित नेपालीहरुलाई राहत र सुरक्षित गर्न बीमा व्यवसाय गर्नु आवश्यक पनि देखिएको छ ।

यस्तो प्रतिकुल र असुरक्षित वातावरणमा महालक्ष्मी लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका विभिन्न शाखा र उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी कम्पनीले आफ्ना देशभरीका ६० शाखा र उपशाखामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबाट गरिएको कोरोना बीमाको  विमाङ्क रकम प्रति कर्मचारी एक लाखको रहेको कम्पनीले जानकारी गराएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको