अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप १७ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ८७ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन थप १७ जना डिस्चार्ज भएका जानकारी दिएका छन् ।
उनीहरूको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात डिस्चार्ज गरिएकाे हाे । डिस्चार्ज हुनेहरुमा बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत १० जना र नारायणी अस्पताल वीरगञ्जका ७ जना रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस