Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, ११ : ३३ मा प्रकाशित

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार काठमाडाैं - नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिएका छन् । 

तसर्थ यसबारे आधिकारिक जानकारीका लागि दिउँसोको पत्रकार सम्मेलन पर्खन निर्देशन आएको जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालले बताएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको