Like us!
Follow us!
Connect us!
Watch us!

मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १२ : ४९ मा प्रकाशित

मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

अर्थ संसार, काठमाडौं – सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो ।

मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए । उनका अनुसार ती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शव परीक्षणपछि उनका श्रीमानलाई जिम्मा लगाइएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको