Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोना भाइरसले भयानक रूप लिँदै

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १३ : ०८ मा प्रकाशित

भारतमा कोरोना भाइरसले भयानक रूप लिँदै

अर्थ संसार, काठमाडौं - भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या डेढ लाख नाघेकाे छ । पछिल्लो चौबीस घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७६७ पुगेको छ । कोरोना संक्रमणबाट गत चौबीस घण्टामा १७० जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कूल मृत्यु भएका व्यक्तिको संख्या चार हजार ३३७ भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, उपचारको क्रममा रहेकामध्ये ६४ हजार ४२५ जना विभिन्न अस्पतालबाट निकाे भएर डिस्चार्ज भएका छन् ।

भारतीय राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । त्यहाँ हालसम्म ५४ हजार ७५८ जना संक्रमित भेटिएका छन् । तमिलनाडुमा १७ हजार ७२८ तथा गुजरातमा १४ हजार ८२१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४६५ जना संक्रमित देखिएका छन् ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको