Like us!
Follow us!
Connect us!
Watch us!

फेरि  थपिए ३५ जना कोरोना संक्रमित

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १४ : ३३ मा प्रकाशित

फेरि  थपिए ३५ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – रौतहट जिल्लामा पनि थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमित हुनेको सँख्या १०५ पुगेको छ । जसमध्ये तीनजना निको भएर घर फर्किसकेका छन् ।

संक्रमितमध्ये गौर नगरपालिकाका ८ जना, ईशनाथ नगरपालिकाका १६ जना, गढिमाई नगरपालिकाका ७ जना, देवाही गोनाही र कटहरिया नगरपालिकाका दुई-दुई जना रहेकाे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले जानकारी दिएका छन् । 

त्यसैगरी, यो सँगै नेपालमा संक्रमितको संख्या ८ सय २५ पुगेको छ । यसअघि आजै बिहान मात्र बाग्लुङमा ६ जना र हेटौंडामा एक जनामा काेराेना संक्रमण पुष्टि भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको