Like us!
Follow us!
Connect us!
Watch us!

फेरि पनि क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १४ : ०७ मा प्रकाशित

फेरि पनि क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

अर्थ संसार, काठमाडौं – बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ ।

गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन् ।

ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टाइनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको